दमौली । तनहुँको व्यास नगरपालिकामा जारी प्रथम मेयर कप ‘सेभेन ए साईड फुटबल प्रतियोगिता’ को उपाधि नवयुवा क्लबले हात पारेको छ ।
बुधबार भएको फाईनल खेलमो न्यू बुद्ध युथ क्लबलाई ३–० गोलको अन्तरमा नवयुवाले जित हासिल गरेको हो । प्रतियोगितामा प्रथम भएसंगै नवयुवाले नगद दुई लाख २ हजार २२२ साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता न्यू बुद्धले नगद एक लाख ११ हजार १११ साथमा कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
प्रतियोगितामा न्यु बुद्ध भानुका सन्दिप राना उत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्तामा नवयुवाका सन्तोष गुरूङ र उत्कृष्ट गोलरक्षकमा नवयुवाका शिव पिया घाेषित भएका छन् । उनिहरूले जनही ७ हजार ५ सय साथमा ट्रफि प्राप्त गरेका छन् ।
युवाहरुलाई फुटबल खेलतर्फ आकर्षित गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । शितल चोक युथ क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा विभिन्न जिल्लाका ४२ टिमको सहभागिता रहेको थियो ।