खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ भोटेपानीमा जारी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनलमा आयोजक दिगो युथ क्लब र शुक्ला फुटबल क्लब प्रवेश गरेका छन् ।
आज भएको पहिलो सेमिफाईनल खेलमा शुक्लाले नभप्रभातलाई पेनाल्टिमा ३–१ गोलको अन्तरमा जित हासिल गरेको थियो । यसै गरि दोस्रो सेमिफाईनल खेलमा आयोजकले मनकामना फुटबल क्लब बिरुद्ध १–० गोल गदै फाईनलमा प्रवेश गरेको छ ।
स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दिगो युथ क्लबले प्रतियोगिता आयोजना गरेको थियो । फाईनल खेल भोलि दिउसो १ बजेबाट सुरु हने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद ५५ हजार ५५५, द्धितीय हुने समूहले नगद ३३ हजार ३३३ साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।