दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले अपाङता भएका नागरिकलाई परिचय पत्र वितरण कार्यलाई तीब्र रुपले अगाडी बढाएको छ । बिहीबार शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु)को संयोजकत्वमा थप ५२ जनालाई परिचय पत्र वितरण गरिएको छ । यो संगै शुक्लागण्डकी नगरपालिकाले हालसम्म ७ सय ५५ जनालाई अपाङ्गत परिचय पत्र वितरण गरको छ ।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजुले शारीरिक हिसाबले हिड्न सक्ने नागरिकलाई नगरबाट र नसक्ने अपाङ्ता भएका नागरिकलाई घरमा नै पुगेर परिचय पत्र वितरण गर्ने बताए । ‘जो नागरिक हामीले बोलएको ठाउँसम्म आउन सक्नु हुन्न । उहाँहरुको लागि उहाँका घरमा नै डक्टर सहितको टोलि पुगेर उहाँको अवस्था हेरी कार्ड वितरण गर्ने छौ’ उनले भने । शुक्लागण्डकी नगरपालिकाले अपाङ्गता भएका नागरिकको सहजताको लागि नगरभित्र अपाङ्ग मैत्री छुट्टै डेक्स खडा गर्न योजना रहेको बताए । उनका अनुासर नगरपालिकाले सरकाले दिएको अधिकार संगसंगै यातायात, शुल्क लगातका क्षेत्रमा विशेष छुटको व्यवस्था गर्ने छ ।
शुक्लागण्डी नगरपालिकामा हालसम्म क वर्गको २०१, ख वर्गको ३१५, ग वर्गको १५१ र घ वर्गको ८८ जना अपाङ्ग नागरिक रहेको सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले बताईन् ।