• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०७९ चैत्र १२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अन्य

पोखरा–मुग्लिन सडक खण्डका संरचना हटाउन मुआब्जा वितरण

हरि खरेल हरि खरेल
August 16, 2022
- अन्य
A A
0
पोखरा–मुग्लिन सडक खण्डका संरचना हटाउन मुआब्जा वितरण
Share on FacebookShare on TwitterEmail this

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण सुरु गरिएको हो ।

उक्त खण्डका एक सय ३८ संरचना हटाउनुपर्नेमा ४२ घरका लागि रु ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजना ९पश्चिम खण्ड० का प्रमुख अमित श्रेष्ठले जानकारी दिए । एक सय ३८ संरचना हटाउनका लागि रु दुई करोड ४५ लाख ३९ हजार छ सय ३३ मुआब्जा वितरण गरिने उनले बताए ।

व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायत संरचना हटाउन मुआब्ब्जा वितरण थालिएको बताइएको छ । सडकको मापदण्ड २५र२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घरटहरा, पर्खाल लगायतका संरचना हटाउनका लागि आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गरिएको श्रेष्ठले बताए ।

तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले म्याग्देको जामुनेदेखि शुक्लागण्डकीको कोत्रेसम्मका एक सय ३८ संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको थियो । एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण सुरु भएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

आयोजनाले गत असार १९ गते सूचना प्रकाशित गरी संरचना धनीलाई सम्बन्धित पालिकाका वडा कार्यालयको सक्कल सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बैंक खाता नं र हालसालै खिचेको फोटो निवेदनमा टाँस गरी कार्यालयमा सम्पर्क राख्न आउन अनुरोध गरेको थियो । घरटहरा आदिका लागि क्षतिपूर्ति रकममध्ये आधा रकम पहिलो किस्ता स्वरुप लिई पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम बुझेको मितिले एक महिनाभित्र सम्पूर्ण संरचना हटाइ सो को पुष्टि गरेपछि थप रकम भुक्तानी गरिने जनाइएको छ ।

आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज ९पुर्नवास योजना० बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ । समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकीका नगर प्रतिनिधि, म्याग्देका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ रहेका छन् ।

मुग्लिन–पोखरा राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम ९जामुने–पोखरा० खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ । उक्त कम्पनीले अहिले सडक फराकिलो बनाउने काम गरिरहेको छ । आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौडा बनाउने काम भइरहेको छ ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डमा आर्थिक वर्ष २०७८र७९ को अवधिमा रु ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भइसकेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछन् । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दुरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन् । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वी राजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ । (रासस)

👉 अन्य सम्बन्धित खबरहरु

वस्ती जोगाउन स्थानीय गरे श्रमदान
अन्य

वस्ती जोगाउन स्थानीय गरे श्रमदान

March 25, 2023
जि.पि.मा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ
अन्य

जि.पि.मा श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ

March 22, 2023
जनयुद्ध दिवसमा सार्वजनिक विदा
अन्य

२०८० सालमा शनिवारबाहेक ३५ दिन बिदा

March 17, 2023
सडक स्तरोन्ततिका लागि गरियो सार्वजनिक सुनुवाई
अन्य

सडक स्तरोन्ततिका लागि गरियो सार्वजनिक सुनुवाई

March 10, 2023
लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनमा गैह्रे
अन्य

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनमा गैह्रे

March 7, 2023
राष्ट्रपति चुनावको प्रचारप्रसार गर्न नपाइने
अन्य

राष्ट्रपति चुनावको प्रचारप्रसार गर्न नपाइने

March 7, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

विद्यार्थीले लगाए क्याम्पसमा ताला

विद्यार्थीले लगाए क्याम्पसमा ताला

March 9, 2023
वस्ती जोगाउन स्थानीय गरे श्रमदान

वस्ती जोगाउन स्थानीय गरे श्रमदान

March 25, 2023
शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

March 13, 2023
शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

March 13, 2023
खैरेनीटारमा आजदेखि पाँचौं लखन थापा स्मृति कप सुरू

खैरेनीटारमा आजदेखि पाँचौं लखन थापा स्मृति कप सुरू

February 25, 2023
पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

March 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद
  • बडी बिल्डिंग प्रतियोगितामा गुरुङ र राई पुरस्कृत
  • लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर
  • वस्ती जोगाउन स्थानीय गरे श्रमदान
  • गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

Go to mobile version