दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, घारीतालबेँसीमा आयोजित प्रथम जनैपुर्णिमा कप, सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नमुना युथ क्लब गाछेपानीले हात पारेको छ ।
आज भएको फाईनल खेलमा गाछेपानीले दिगो युथ क्लब शुक्लागण्डकी–७, भोटेपानीलाई २–० गोलको अन्तरले जित हासिल गरेको हो । प्रतियोगिताको पहिलो हाफमा नमुना युथ क्लबका युनिक तामाङ र सुनिल गोतामेले १/१ गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमादुबै टिमबाट गोल हुन नसकेपछि नमुना युथ क्लबका तामाङ र गोतामेले गरेको गोल नै निर्णयक गोल बन्न पुग्यो ।
प्रतियोगितामा नमुना युथ क्लबले जित हासिल गरेसंगै नगद ६० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता दिगो युथ क्लबले नगद ३० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता हिमालयन ज्योति युवा क्लबका ब्रुम नेपाली, उत्कृष्ट गोलरक्षक र बेष्ट प्लेयरमा नमुना युवा क्लबका सन्देश गुरुङ र सुनिल गोतामे घोषित भएका छन् भने बेष्ट डिफेनडर दिगो युथ क्लबका विजय श्रेष्ठ घोषित भएका छन् ।