काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको जानकारी दिएका हुन् ।
नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटी बैठकको उद्घाटनमा बोल्दै सदस्य सचिव घिसिङले माग गरेवापतको बजेट स्वीकृत भएको बताए ।’नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको छ,’ घिसिङले भने ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । स्रोत : खेलपाटी