दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ११ औ नगरसभामा आ.ब. २०७९/८० का लागी एक अरब बाईस करोड सोह्र लाख बजेट सहितको बजेट नीति तथा कार्यक्रम प्रस्ताब गरेको छ ।
शुक्रबार शुरु भएको नगर सभामा नगरको आ.ब. २०७९/८० को बजेट, नीति तथा कार्यक्रम पेश गरिएको हो । सोहि नगर सभाले नगरको आ.ब. २०७९/८० को लागी पेश गरेको आर्थिक एन र बिनिजोजन एन पनि पास गरेक छ ।
नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको नगर सभामा उप प्रमुख खुम बहादुर बिक राजुले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामा पेश भएको कार्यक्रममा ६० वर्ष काटेका एकल पुरुषलाई एकल भत्ता दिने समेत उल्लेख गरिएको छ । पूर्वाधार बिकासलाई प्राथमिकता दिएर बनाएको नीति तथा कार्यक्रममा यसै बर्ष भूमिहीन, सुकुम्बासी र सुकुम्बासीलाई पुर्जा वितरण गर्ने समेत बताईएको छ । सेवा प्रवाहलाई ब्यबस्थित बनाईनुको साथै भ्रष्टाचारमा शुन्य शहनशीलताको नीति लिने उल्लेख गरिएको छ ।