पोखरा । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा आज ५० बर्षिया महिलाको मृगाैला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएको छ । ति महिलालाई उहांकै ५१ बर्षिय श्रीमानले मृगाैला प्रदान गर्नु भएको थियो ।
शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट डा.पुकारचन्द्र श्रेष्ठको टिम र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा.प्रकाश क्षेत्री डा.अनुप चापागाई डा माया लामा डा.जुजु श्रेष्ठ डा.अमृत के.सी. सहितको टिमले प्रत्यारोपण गरेको हो । अब नियमित रूपमा यस अस्पतालमा मृगाैला प्रत्यारोपण हुने प्रतिष्ठानले जानकारी दिएको छ ।