खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा जारी शुक्लागण्डकी महोत्सवमा आयोजित खुल्ला व्याटमिन्टन प्रतियोगितामा सागर थापा र बुद्धि श्रेष्ठ प्रथम भएका छन् ।
प्रतियोगिताको फाइनल खेलमा धनबहादुर गुरुङ र लालबहादुर थापाको जोडीलाई पराजित गरी थापा र श्रेष्ठको जोडी प्रथम भएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र द्धितीय हुने जोडीले क्रमशः नगद २० हजार र १० हजार रुपैयाँ साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महोत्सवमा आयोजित प्रतियोगिताको विजेतालाई समापनको दिन पुरस्कृत गरिने प्रवक्ता थापाले जानकारी दिए ।