शुक्लागण्डकी जेसीजको आयोजनामा विहिबार भिमाद नगरपालिकाको लदन आमडाडामा जस्ता पाता वितरण गरिएको छ ।
जेसिजको सामुदायिक कार्य अन्तर्गत भिमाद नगरपालिकाको ५ नं वडा अन्तर्गत लदन आमडाडामा जस्तापाता वितरण गरिएको हो । विपन्न आर्थिक अवस्था भएका ग्रामिण क्षेत्रमा रहेका नागरिकोमा समेत सेवा पु¥याउने हेतुले जस्ता पाताको अभावमा घर चुहिएर समस्यामा परेको परिवारलाई जस्ता पाता उपलब्ध गराईएको शुक्लागण्डकी जेसीजका अध्यक्ष शिव बहादुर विकले वताए ।
जस्ता पाता हस्तानतरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला अध्यक्ष जित प्रकास आलेले विश्वभर सञ्जाल भएको जेसीजले ग्रामिण क्षेत्रमा समेत आफ्नो सेवा पुर्याएको भन्दै जेसीज अभियानबाट उत्पादन भएका राष्ट्रिय नेतृत्वको समेत चर्चा गरेका थिए । कार्यक्रमका विशेष अतिथि नेपाली काँग्रेस क्षेत्रिय सभापति चुणामडी खनाल युवाहरुको लोकप्रिय संस्था जेसीजले सामाजिक र व्यवसायिक विकासमा गरेको भुमिका माथि खुलेर प्रंशसा गरेका थिए । कार्यक्रममा वोल्दै भिमाद नगरपालिका वडा नं ५ को वडाध्यक्ष पदम बहादुर थापाले स्थानीय सरकारले गर्नु पर्ने कार्यमा जेसीज गरेको सहयोगले स्थानीय विकास निर्माणमा लाग्न थप प्रेरणा थपेको वताए । कार्यक्रममा नेपाली काँग्रेस भिमाद नगर कार्य समिति अर्विन श्रेष्ठ, शुक्लागण्डकी जेसिजका पूर्व अध्यक्ष विनोद राउत स्थानीय लदन आमडाडा टोल विकास संस्थाका अध्यक्ष लाल बहादुर थापा लगायतले शुभमकामना मन्तव्य राखेका थिए ।
शुक्लागण्डकी जेसीजका बर्ष २०२२ का अध्यक्ष शिव बहादुर विकको अध्यक्षमतामा भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव ईश्वर श्रेष्ठले गरेका थिए ।