स्याउलिबजार – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलिबजार आजदेखि दोस्रो सागर स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय स्तरको खेलाडीको संरक्षण र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ जागृति युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
विगतमा स्व.सागर थापाले विन्टर कप आयोजना गर्दै आएको पछि थापाको निधन भएपछि उनकै सम्झनामा क्लबले प्रतियोगिता आयोजना गरेको क्लबका सचिव धिराज खत्रिले जानकारी दिए ।
आज भएको उद्घाटन खेलमा डि.बि.वाई.सि लालिम जित हासिल गरेको छ । मनकामना एफ सि स्याउलिबजार संग भएको खेलमा २–१ गोल गर्दै डि.बि.वाई.सिले जित सुनिश्चित गरेको हो । यसै गरि दोस्रो खेललमा नर्सरी फुटबल क्लबले सेरा युवा क्लबलाई ३–० गोलको अन्तरले जित हासिल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । यसै गरि आजै भएको तेस्रो खेलमा नमुना फुटबल क्लबले पुढिलाई १ –० गोलको अन्तरले जित निकाल्यो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३३ हजार ३३३ र द्धितीय हुनेले नगद २२ हजार २२२ रुपौंया साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यसै गरि प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, बेष्ट प्लेयर, बेष्ट डिफेन्डरलाई पनि पुस्कारको व्यवस्था रहेको छ । आजदेखि सुरु भएको प्रतियोगिता चैत १६ गते सम्म संञ्चालन हुने आयोजकले जनाएको छ ।