दुलेगौंडा । दोस्रो खोरादी कप २०७८ गाउँ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हैदगा युवा क्लब भिमाद नगरपालिका–२ ले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा अस्पाक्दी युवा क्बल भिमाद–९ लाई पराजित गरी हैदगाले उपाधि चुमेको हो । हैदगाले ३–२ को सेटमा अस्पाक्दीलाई पराजित गरेको थियो । पहिलो सेट हैदगाले ३१–२९ ले जित्यो । दोस्रो सेटमा उत्कृष्ट पुनारागमन गर्दै अस्पादीले २५–२२ ले बाजी मा¥यो । तेस्रो सेट अस्पाक्दीले २६–२४ ले जित्न सफल भयो भने चौथो सेटमा हैदगा २८–२६ ले विजयी भयो । अन्तिम सेट हैदगाले उत्कृष्ट पुनरखेल प्रदशन गरि १८–१६ ले जित हाँसिल गर्दै उपाधि चुम्न सफल भयो ।
उपाधि विजेता हैदगाले नगद ३० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको अस्पाक्दीले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । प्रतियोगितामा पिपलछाप हट्टिया तेस्रो भएको छ । आयोजक खोरादी युवा क्लबलाई २–० को सोझो सेटमा २६–२४ र २५–२२ ले खेल जितेको थियो । पिपलछापले नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले खेलकुद समाजको सम्बन्धहरुलाई विस्तार गर्ने माध्यम भएको बताए । उनले शारिरीक विकास मात्र नभएर खेलकुदले समाजलाई पनि जोड्ने बताएका थिए । नेता पौडेलले भने ‘कुनै पनि प्रतिष्पर्धा विधि सम्वत् ढङ्गले भयो भने स्वस्थ हुन्छ, हार्दिक हुन्छ, भन्ने प्रमाणित गरेको छ । अब समाजको हरेक क्षेत्र तथा राजनीतिमा पनि विधिभित्र बसेर प्रतिष्पर्धा गर्ने पद्धतीको विकास गर्नुपर्छ । समाजको नेतृत्व बाहुबलले होइन । बन्दुकले होइन, विचारले गर्नुपर्छ भन्ने मान्यता समाजमा स्थापित गर्नका लागि खेलकुदले विशेष योगदान पु¥याउँछ ।‘ नेता पौडेलले पुरानो कला, संस्कृति तथा संस्कार जोगाउन क्लबले गरेको सिर्जनात्मक कार्य अत्यन्तै सराहनिय रहेको बताउँदै खोरादीको वन क्षेत्रमा स्थानीयद्धारा पार्क निर्माण कार्य भइरहेको र नगरपालिकाबाट डिपिआर तयार गरेको खण्डमा संघीय सरकारबाट बजेट पार्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले असल मानिस उत्पादन गर्न र आर्थिक उन्नति र प्रगति गर्न खेलकुदले टेवा पु¥याउने बताए ।
क्लबका अध्यक्ष शिशिर थापामगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं १० का वडा सदस्य राजेन्द्र भट्टराई, खोरादी टारी गाउ टोलका अध्यक्ष गिनबहादुर नेपाली, क्बलकी सदस्य कुश्मीता आले लगायतले बोलेका थिए । कार्यक्रमको संचालन रामचन्द्र आलेले गरेका थिए । खोरादी युवा क्लब शुक्लागण्डकी १० को आयोजनामा गत माघ १५ गतेदेखि प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा २४ समुहले सहभागिता जनाएका थिए ।