भिमाद । भिमाद क्रिकेट क्लबलाई युवा क्लब भिमादका पूर्व कोषध्यक्ष नरेनद्र थापाले खेलकुद सामाग्री सहयोग गरेका छन् । युवालाई क्रिकेट खेलमा हौसला प्रदान गरि खेलकुद क्षेत्रको विकास गर्नका लागि क्रिकेट सामाग्री सहयोग गरेको थापाले बताए ।
भिमाद रंगशालामा आईतबार एक कार्यक्रमका बिच थापाले २५ हजार रुपौयाँ बराबरको खेलकुद सामाग्री भिमाद क्रिकेट क्लब अध्यक्ष विवेक पराजुलिलाई हस्तान्तरण गरेका थिए ।
क्लबका अध्यक्ष नविनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष ज्ञानबहादुर थापा, अमन थापा, सल्लाहकार गोपालप्रसाद पराजुलि, अरबिन श्रेष्ठ, सतयभक्त लगायतको उपस्थिती रहेको थियो भने क्लबका पूर्व अध्यक्ष नारायणप्रसाद लम्सालले कार्यक्रमको संञ्चालन गरेका थिए ।