• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

ओझेलमा परेको भुलभुले

हरि खरेल by हरि खरेल
January 23, 2022
in विचार, स्थानीय समाचार
A A
0
ओझेलमा परेको भुलभुले
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको भुलभुले बाराही मन्दिरको प्रचारप्रसार नहुदाँ ओझेलमा परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ भुलभुलेमा रहेको मन्दिरमा एक शताब्दी अघिदेखी पुजा गरिदै आए पनि मन्दिरको संरक्षण र प्रवद्र्धनमा कसैको पनि ध्यान नपुग्दा ओझेलमा परेको हो । शुक्ला शुक्ला न्यूजका समाचार प्रमुख हरि खरेलले मन्दिरको बिषयमा स्थानीय एव्म समाजसेवी लालप्रसाद गर्ताैलासंग गरिएको संवादीत अंश तल प्रस्तुत गरिएको छ ।

भुलभुले बाराही मन्दिरको नाम कसरी रहन पुग्यो ?

मन्दिर छेउमा रहेको मुलबाट पानी निरन्तर एकैनासले निस्कन्थ्यो । तर, जब लहरी छुट्थ्यो, त्यसबेला चाँही भूलभूल………..गर्दै निकन्थ्यो । त्यसो हुदाँ मन्दिरको नाम पनि भुलभुले बाराही रहन पुग्यो ।

मन्दिरको स्थापना कहिले भयो, यसको ईतिहास के छ ?

यसको स्थापना कहिलेदेखी भयो भनेर कुनै लिखित प्रमाण र शिलालेख पनि नभेटिएको हुदाँ कहिले भयो भनेर यकिन छैन । तर हाम्रा पिता पुर्खाको कुरा सुन्दा १९ सय साल अघिदेखी नै मन्दिरमा पुजा गरिदै आएको भन्ने भनाई छ । पुर्खाहरुको भनाई अनुसार ढोरबाराही, छाब्दि बाराही, ताल बाराही मन्दिरको बहिनीको रुपमा भुलभुले बाराही मन्दिरलाई लिने गरेको पाईन्छ ।

एउटा घटना के भएको छ भने, १२३ कि.वि हेटैडा लाईन ल्याउने क्रममा वनको बिचमा रहेका रुखहरु फाड्ने काम भएको थियो । त्यस बेला एउटा वनपालेले मन्दिर छेउको एउटा रुख काटेछ । त्यसपछि वनपाले बौलाहा जस्तो हुने, बर्बराउने, देउता चढ्ने भएपछि हामीले सोध्यौ र उसले मन्दिर छेको रुख काटेको छ भनेपछि हामी हेर्न गयौ । मन्दिर वरीपरि हेर्दा एउटा रुख काटेको रहेछ । त्यसपछि हामीले पुजा ग¥र्यौ र भोलिपल्ट वनपालेले एउटा बोको मन्दिरमा ल्याएर काट्यो र पुजा गरेपछि आफै ठिक भयो । प्रत्यक्ष, भुलभुले बाराहीले दिएको दृष्टान्त चाँही त्यति नै हो मैले जानेको ।

पहिला मन्दिरको अवस्था कस्तो रहेको थियो ?

सुरुमा मुल नजिकै एउटा शिला थियो । त्यही शिलामा नै गाउँलेहरुले पुजा गर्थे । पछि गाउँलेहरु मिलेर ढुङ्गाको छानोे हालेर मन्दिर बनाईयो । त्यस बेला बाँदरहरु पनि धेरै हुने हुदाँ ढुङ्गाहरु चलाईदिने हुदाँ मन्दिर जिर्ण अवस्थामा पुग्यो । पछि गाउँपञ्चायत हुदाँ त्यसबेला ढलान गरेर मन्दिर बनाईयो । जुन अहिले पनि रहेको छ ।

मुख्य गरि मन्दिरमा कहिले पुजा हुन्छ ?

देवीको मन्दिर रहेको हुदाँ पुजा चाँही जहिले पनि गरिन्छ । तर, वास्तविक पुजा हरेक बर्ष चैते दशैको अष्टमीका दिन गाउँलेहरु सबै मिलेर सामुहिक पुजा गरिथ्यो । त्यस बाहेक अरुले व्यक्तिगत भाकल भए मनोकाँक्षा पुरा होस् भनेर पुजा चाही गरिरहन्थे जुन अहिले पनि गरिन्छ ।

अरु मन्दिर जस्तो यस मन्दिरमा भक्तजन साथै पर्यटकहरुको आगमन त्यति देखिदैन किन ?

अरु मन्दिर जस्तो भक्तजनहरु, पर्यटकहरुको आगमन यस मन्दिरमा अलि कम रहेको छ । मुख्य कारण भनेक्र प्रचार प्रसारको कमि हो । मन्दिरको प्रचार प्रसार जोड दिने हो भने अरु मन्दिरमा जस्तै भक्तजनहरुको पनि भिड लाग्ने र वाह्यि पर्यटकहरु पनि मन्दिरमा दर्शन गर्नका लागि आउने वातावरण सिर्जना हुन्छ । अहिले मन्दिर सम्म आउने बाटो पनि अलि राम्रो नभएको हुदाँ मन्दिरको सोचे जति विकास हुन सकेको छैन् ।

👉 अन्य सम्बन्धित खबरहरु

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज
स्थानीय समाचार

भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज

July 13, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै
खेलकुद

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.