भत्किनु पुर्व!
मन्दिर,चर्च र मस्जिद भित्र!
आस्था र बिश्वासको साम्राज्य थियो।
मानौ यो दुनियाँ नै एकाकार थियो।
समयको रुपान्तरण सगै!
आस्था र बिश्वासका धोतकहरु
गर्याम् गुर्लुम ढले!
…××…
युग प्रारम्भको शुन्य बिन्दुमा
चेतनाको छाल उठ्न थालेपछि
बिश्वासको प्रादुर्भाव भएको थियो।
आस्थाको सगरमाथा अग्लिएको थियो।
त्यस बेलामै!
चेतनाको शल्यक्रिया गर्दै गर्दा।
भीषण तस्बिर देखिएको थियो।
बिज्ञानको प्रयोगशालामा।
अनि!
बिम्बमा देखिएको थियो!
यिनै आजका भग्नावशेष हरु।
…××…
आजकल!
अहंकारको उदय भएको छ।
स्वार्थको हुरी चलेको छ।
वर्ण र कद्को लेखाजोखा हुने गरेको छ।
सम्पन्नता र विपन्नता युद्ध चलेको छ।
मान,संमानको द्वन्द्व बडेको छ।
त्येसैले त!
आस्था र बिश्वासको धरोहर
गर्ल्याम गुर्लुम ढलेको छ।
~आकाश अधिकारी-तनहुँ।