बेलचौतारा । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु भानुभक्त बहुमुखी क्याम्पस इकाइ कमिटीले क्याम्पस प्रशासनलाई प्राथमिक उपचार स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
आइतबार विहान कमिटी अध्यक्ष सुरेश पौडेलले क्याम्पस प्रमुख रमेशबहादुर अधिकारीलाई ्राथमिक उपचार स्वास्थ्य सामाग्री हस्तानतरण गरे । सामाग्री हस्तानतरण गर्दैै पौडेलले क्याम्पसमा विद्यार्थीलाई हुने सामान्य स्वास्थ्य समस्यालाई समाधान गर्न उक्त उपचार सामाग्री सहयोग गरेको बताए । उनका अनुसार चोटपटक लाग्दा प्रयोग गरिने ब्यान्डेज, डिटोल, सिटामोल लगायतको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । ति सामाग्री सकिएमा फेरी सहयोग गर्ने उनको भनाई छ ।