काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।
आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिएकी छिन । यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। त्यस्तै कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको थियो।