खैरेनीटार । तनहुँको शुकलागण्डकी नगरपालिका–६ कमलबोटमा पौष १ गतेदेखि ४ गतेसम्म गाउँ तथा वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराको साथ सिर्जनशिल युवा क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो । क्लबले गाउँ गाउँबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता राखिएको खेल संयोजक अमर थापा सारुले बताए ।
चार दिनसम्म संञचालन हुने प्रतियोगितामा प्रथम हुनले ३० हजार रुपैयाँ साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद २० र १० हजारका साथमा कप, मेडल र प्रमाण प्रदान गरिने आयोजकले जनाएको छ ।
खेल संयोजक सारुका अनुसार उद्घाटन खेल पौष ०१ गते विहान १० बजेबाट शुरु हुने छ । प्रतियोगितामा टिम प्रवेश शुल्क ३ हजार तोकिएको छ सोही अवसरमा विविध साँस्कृतिक कार्यक्रम समेत हुने भएको छ ।