दुलेगौंडा ।तनहुँको शुकलागण्डकी नगरपालिका–५ सन्तेडाँडा निवासी गीता हमालले शनिबार आफ्नी कान्छि छोरी दृस्ठि हमालको १९ औं जन्म दिनको अवसरमा सन नेपाल लाईफ इन्स्योरेन्स दुलेगौंडा शाखामा २० लाख रुपैयाँको जीवन बिमा पोलिसी उपहार दिएकी छिन् ।
छोरीको भविष्य सुनिश्चित गर्न १९ औं जन्मदिनको अवसरमा २० लाख रुपैयाँ बराबरको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको हमालले बताइन् । विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने र पैसाको पनि बचत हुनाले बीमा गरिएको हमालले बताईन् ।
कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका दुलेगौंडा एजेन्सी म्यानेजर श्री नरेन्द्र राज वाग्ले, भविसरा सुनार, पोखरा शाखाका कर्मचारी स्मृति हमाल साथै समाजसेबी भुवानीप्रसाद पौडेल, टेक बहादुर नेपाली ले शुभकामना दिएका थिए ।