दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा अवैधरुपमा कौडा खेल्ने १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति समस्तीपुरमा रहेको एक रेष्टुरेण्टमा कौडा खेलिरहेको अवस्थामा नगद सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुर्ण ब.गुरुङ र खडक ब.गुरुङ, प्रकाश खनाल, मेख ब.गुरुङ, तुल ब.गुरुङ, पुर्ण ब.गुरुङ, बिकास गुरुङ, प्रितम गुरुङ, गंगाराम मिश्र, अन्जन गुरुङ, आसिस गुरुङ, सिवराज गुरुङ, बिनय गुरुङ, देबेन्द्र सेढाई, नारायण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरुबाट एक लाख १३ हजार दश रुपैया सहित १६ थान कौडा बरामद गरेको छ । अहिले उनीहरुमाथि जुवातास कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थपको अनुमति लिएर अनुसन्धान भईरहेको छ ।