दुलेगौंडा । भ्याली युवा क्लबले तमु ल्हाेसार पर्वकाे अवसर पारी १ लाख राशिको फुटबल प्रतियोगिता गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले सेभेन ए साइड प्रतियोगिताकाे विजेताले नगद १ लाख साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाएको हाे ।
पुस १० गतेदेखि १६ गतेसम्म हुने दुधराज मनमाया स्मृति तथा छैठाैं ल्हाेसार कप फुटबल प्रतियोगिताकाे उपविजेताले नगद ५० हजार प्राप्त गर्ने छ ।
स्थानीय स्तरमा रहेका खेलाडीकाे संरक्षण गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयाेजना गर्न लागिएको क्लबका अध्यक्ष सुवास शाही ठकुरीले बताए । उनले युवाहरूलाई खेल क्षेत्रमा सक्रिय बनाउदा लागुओैषध दुर्वयसनीबाट टाढा राख्न सहयोग पुग्ने बताए ।
क्लबका अध्यक्ष ठकुरीकाे सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा वडा सदस्य बुद्धिमाया गुरूङ लगायतले बाेलेका थिए । प्रतियोगिताबारे खेल संयाेजक सन्देश रानाले जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन क्लबका सचिव सुमन श्रेष्ठले गरेका थिए ।












