दुलेगौंडा । कस्मोस शैक्षिक प्रशिक्षण र अनुसन्धान केन्द्रले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय नेपाली हस्तलेखन प्रतियोगितामा माउण्ट अन्नपूर्ण एकेडेमी, खैरेनिटारका पाँच जना विद्यार्थी ‘टप सय’ भित्र पर्न सफल भएका छन् ।
प्रतियोगितामा सहभागि ११ जिल्लाका विभिन्न सामुदायिक र संस्थागत विद्यालयका सहभागि विद्यार्थी मध्य माउण्टका मन्दिप मल्ल, प्रशन राना, स्नेहा अधिकारी, स्वेता विक र कृष्ण परियार उत्कृष्ट सय भित्र पर्न सफल भएका हुन् ।
टप सयभित्र पर्न सफल पाँच जना विद्यार्थी साथै प्रतियोगितामा सहभागि विद्यार्थीलाई विद्यालयले सम्मान गरेको छ । विद्यार्थीको सफा र उत्कृष्ट लेखनले विद्यार्थीको सिकाई क्षमता वृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विद्यालयका प्रिंसिपल चोलाकान्त पाण्डेले जानकारी दिए । साथै उनले सम्पूर्ण विद्यार्थीलाई आफ्नो हस्तलेखन क्षमतालाई सुधार गर्न आग्रह गरे ।