दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा भएको पहिरोमा परि मृत्यु भएका मृतकको परिवारलाई लायन्स क्लबले आर्थिक सहयोग गरेको छ । शनिबार लायन्स क्लब अफ तनहुँ खैरेनिटार र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टरको संयुक्त आयोजनामा मृतक परिवारलाई नगद ३३ हजार २२५ रुपैयाँ सहयोग गरेको हो ।
गत असार २२ गते काउरेमा भएको पहिरोमा परि श्याम भण्डारी, हिरामाया नेपाली र अनिशा बास्तोलाको मृत्यु भएको थियो । मृतक परिवारको लागि आवश्यक राहात स्वरुप लायन्स क्लब अफ तनहुँ खैरेनिटारले प्रति परिवार ७ हजारका दरले २१ हजार र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टरले प्रति परिवार ४०७५ का दरले १२ हजार २२५ सहयोग गरेको थियो ।
मृतक परिवारको दुखमा मलम लगाउनका लागि लायन्स क्लबले संयुक्त रुपमा आर्थिक सहयोग गरेको लायन्स क्लब अफ तनहुँ खैरेनिटारका अध्यक्ष महेश बस्नेतले बताए ।
दई क्लका अध्यक्ष बस्नेत र तुलसीकुमारी श्रेष्ठको सभापतित्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा शुकलागण्डकी–७ का वडा सदस्य राजबहादुर थापा, क्लबका संस्थापक अध्यक्ष समुन्द्रराम श्रेष्ठ, पूर्व अध्यक्ष सुजित हिराचन, पिताम्बर तिमिल्सेना, लायनस क्लब अफ फेवा वेग्नास चौतारीका अध्यक्ष सन्तोष घिमिरे लगायतको उपस्थिती भएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिज हरि तिमिल्सेनाले बताए ।
यसअघि सूर्य नेपाल प्रा.लि, नेपालरेडक्रस सोसाईटी शुक्लागण्डकी शाखा र शुक्लागण्डकी उद्योग वाणिज्य संघले पनि मृतक परिवारलाई आवश्यक आर्थिक एवम् भौतिक सामग्री सहयोग गरेको थियो ।