कोत्रे । शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा सञ्चालन भएको १५ दिने बारिष्टा तालिम मंगलबार सम्पन्न भएको छ ।
समापन तालिममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले युवाहरुलाई देशमा नै अड्याउनका निम्ति नगरपालिकाले सीपमूलक तालिम प्रदान गर्न लागानि गरेको बताए । साथै तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गर्दै अगाडी बढ्न आग्रह गरे ।
यसैगरी कार्यक्रममा बोल्दै शुक्लागण्डकी–२ का वडाध्यक्ष सुमनबहादुर राना मगरले देस विकासमा युवा जनशक्तिको आवश्यकता पर्ने हुदाँ युवा लक्षित कार्यक्रम अन्र्तगत रहेर वडाले तालिमको आयोजना गरेको बताए ।
पुष्पाञ्जली पोलिटेक्निक इन्स्टिच्यूटका प्रबन्धक कृष्णप्रसाद रेग्मीले तालिमाबाट उत्पादित जनशक्तिलाई सेवा गर्ने अवसर पनि मिलाइदिने बताए ।
शुक्लागण्डकी नगरपालिका २ नम्बर वडा कार्यालयको आर्थिक सहयोग, पर्यटन तथा उद्योग कार्यालय तनहुँको सहयोगमा र पुष्पाञ्जली पोलिटेक्निक इन्स्टिच्यूटको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो । तालिममा ४५ जना सहभागी भएका रहेका छन् ।