भिमाद । राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीले चैत्र १५ गतेदेखि राष्ट्रिय युवा संघ कप–२०८०, वडास्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मंगलबार भिमादमा भएको पत्रकार सम्मेलन बोल्दै कार्यक्रम संयोजक शिव आले मगरले प्रतियोगितामा भिमाद नगरपालिकासंग सिमाना जोडिएका शुक्लागण्डकी नगरपालिका, म्याग्दे, रिसिङ, घिरिङ गाउँपालिका, स्याङ्जाका हरिनास गाउँपालिका र चापाकोट नगरपालिकाका वडाहरुबाट सहभागिता जनाउन पाउनेबताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ७० हजार द्धितीय हुनेले नगद४० हजार, तृतीय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजारसाथमा शिल्ड मेठल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यसैगरी विद्यागत ६ उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार दिइने छ । प्रतियोगितामा सहभागीताका लागि ५ हजार दर्ता शुल्क तोकिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै युवा संघ नेपाल भिमाद नगर कमिटीका अध्यक्ष बुद्धिबहादुर मल्ल (विजय)ले छिमेकी पालिकाहरुमा रहेका सक्रिय खेलाडीहरुबीच भातृत्वको भावना विकास गर्ने र विपन्न एवं अशक्त परिवारको लागि सहयोग गर्ने उद्धेश्यले प्रतियोगिता राखिएको बताए ।