दुलेगौंडा । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा शुक्लागण्डकी ब्याडमिन्टन संघले दोस्रो बार्षिकोत्सवको अवसरमा आयाेजना गरेको राष्ट्रिय स्तरको भूपू सैनिक ब्याडमिन्टन प्रतियोगितामा कास्कीका क्याप्टेन प्रेमप्रसाद गुरूङ र हवलदार ढाेलबहादुर आलेकाे टिम प्रथम भएको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा कास्की टिमले तनहुँका इनिष्पेक्टर सरनबहादुर आले र हवलदार देव गुरूङलाई २-० काे सेटमा पराजित गरेको थियाे । जहाँ कास्की टिमले २१-११ र २४-२२ काे अन्तरमा तनहुँ टिमलाई पराजित गरेको थियाे । प्रतियोगिता प्रथम हुने कास्की टिमले नगद ४० हजार र द्धितीय हुनेले तनहुँ टिमले नगद २५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगितामा शुक्लागण्डकी ब्याडमिन्टन संघका हवलदार अमृत राना र सहि दानबहादुर आले साथै काठमाडौंका सुवेदार डिलबहादुर कन्दङवा र रूपेश थिङ्गकाे टिम तृतीय भएको छ । तृतीय हुने टिमले नगद २० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

संघका अध्यक्ष बोमबहादुर गमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी-८ का वडाध्यक्ष नारायण सिंह थापा संघका वरिष्ठ उपाध्यक्ष एवम् खेल संयाेजक क्या.पदम बहादुर आले लगायतकाे उपस्थिति रहेको थियाे भने कार्यक्रमकाे सञ्चालन संघका सचिव बरदान क्षेत्रीले गरेका थिए ।