दुलेगौंडा । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा शुक्लागण्डकी ब्याडमिन्टन संघले दोस्रो बार्षिकोत्सवको अवसरमा आयाेजना गरेको तनहुँ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका धनबहादुर गुरूङ र सुरेन्द्र गुरूङकाे टिम प्रथम भएको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस टिमले ढाेर ब्याडमिन्टन क्लबका सुशील थापा भुजेल र धिराज केसी २-० काे सेटमा पराजित गरेको थियाे । जहाँ नेपाल पुलिसले २१-११ र २१-१७ काे अन्तरमा ढाेर ब्याडमिन्टन क्लबलाई पराजित गरेको थियाे ।
यसैगरी प्रतियोगितामा शुक्लागण्डकी जीअस ब्याडमिन्टन क्लबका प्रदिप मल्ल र विमल बानियाँ साथै थर्पु ब्याडमिन्टन क्लबका सुवाेध आले र रेख श्रेष्ठको टिम तृतीय भएको छ ।
तनहुँ जिल्ला स्तरीय ‘बी’ लेभल ब्याडमिन्टन प्रतियोगिता प्रथम हुनेले नेपाल पुलिसकाे टिमले नगद २५ हजार, द्धितीय हुनेले ढाेर ब्याडमिन्टन क्लबकाे टिमले नगद १५ हजार र तृतीय हुने शुक्लागण्डकी जीअस र थर्पु ब्याडमिन्टन क्लबका टिमले नगद १० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
संघका अध्यक्ष बोमबहादुर गमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी-८ का वडाध्यक्ष नारायण सिंह थापा संघका वरिष्ठ उपाध्यक्ष एवम् खेल संयाेजक क्या.पदम बहादुर आले लगायतकाे उपस्थिति रहेको थियाे भने कार्यक्रमकाे सञ्चालन संघका सचिव बरदान क्षेत्रीले गरेका थिए ।