दुलेगौंडा । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा राष्ट्रिय स्तरको खुला भूपू सैनिक ब्याडमिन्टन प्रतिायेगिता र तनहुँ जिल्ला स्तरीय ‘बी’ लेभल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्लागण्डकी ब्याडमिन्टन संघको दोस्रो बार्षिकोत्सवको अवसरमा यस प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै शुक्लागण्डकी–८ का वडाध्यक्ष नारायण सिंह थापाले खेलाडीको खेल सीपको उजागरण गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नका निम्ति संघले आयोजना गरेको प्रतियोगितात्मक कार्यक्रम उत्कृष्ट रहेको बताए । साथै उनले देशभरीका ब्याडमिन्टन खेल्ने भूपू सैनिकलाई एकै ठाउँमा उभ्याउन सफल भएको हुदाँ आपसी सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाई छ ।
राष्ट्रिय स्तरको खुला भूपू सैनिक ब्याडमिन्टन प्रतिायेगितामा प्रथम हुनेले ४० हजार, द्धितीय हुनेले २५ हजार र तृतीय हुनेले २० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यसैगरी तनहुँ जिल्ला स्तरीय ‘बी’ लेभल ब्याडमिन्टन प्रतियोगिता प्रथम हुनेले २५ हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
संघका अध्यक्ष बोमबहादुर गमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष नारायण सिंह थापा, शुकलागण्डकी–७ का वडाध्यक्ष खड्क सिंह थापा, ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी प्रमुख गणेश सुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष एवम् खेल संयाेजक क्या.पदम बहादुर आलेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालन संघका सचिव बरदान क्षेत्रीले गरेका थिए ।
तनहुँ जिल्ला स्तरीय ‘बी’ लेभल ब्याडमिन्टन प्रतियोगितामा २७ टिम सहभागि रहेको छ भने राष्ट्रिय स्तरको खुला भूपू सैनिक ब्याडमिन्टन प्रतिायेगिता ३२ टिम सहभागि रहेका छन् । प्रतियोगिताको फाइनल खेल भोलि अर्थात (मंगलबार) ह्वाईट हाउस ब्याडमिन्टन हलमा हुने छ ।