काठमाडौं । हङकङ त्रिकोणात्मक टी ट्वान्टी सिरिजको फाइनल खेलमा पीएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।
निर्धारीत ओभरमा ८ विकेट गुमाउदै पीएनजीले १७१ रन जोडेको थियो ।
खेलमा करण आकाश चन्द र कुशल भुर्तेलले समान ३/३ विकेट लिएका थिए । यसैगरी करण केसी र गुल्सन झा ले १/१ विकेट लिएका थिए । टिम वाङ रोड रि–क्रियसन ग्राउन्डमा पीएनजीविरुद्धको फाइनल खेलमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको थियो ।