काठमाडौं । हङकङ त्रिकोणात्मक टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले टस जितेको छ । टिम वाङ रोड रि–क्रियसन ग्राउन्डमा पीएनजीविरुद्धको फाइनल खेलमा नेपालले टस जितेर फिल्डिङको निर्णय गरेको हो ।
घरेलु टोलीलाई पछि पार्दै नेपाल र पीएनजीले फाइनल यात्रा तय गरेका थिए । प्रशिक्षक मोन्टी देसाईले प्लेईङ ११ मा कुशल भुर्तेल, बिनोद भण्डारी, रोहित पौडेल, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, लोकेश बम, प्रतिस जिसी, करन केसी र आकाश चन्दलाई राखेका छन् ।