काठमाडौं । हङकङ टी ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र पीएनजीसँग खेल्दैछ । खेल हङकङको टिम वाङ रोड रि–क्रियसन ग्राउन्डमा नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुदै छ ।
लिग चरणका शीर्ष दुई टिमले फाइनल खेल्ने तालिका रहेको थियो । नेपालले प्रतियोगितामा तीन अंक जोडेर शीर्ष स्थानमा छ भने पीएनजीले दुई अंक जोडेर दोस्रो स्थानमा छ । हङकङले मात्र एक अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपाल र हङकङ बीचको पहिलो खेल वर्षाले प्रभावित बनेपछि दुवै टिमले समान एक एक अंक बाँडेका थिए । नेपालले समूह चरणको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो । पीएनजीले भने हङकङलाई १० विकेटले हराएको थियो ।