दुलेगौंडा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. दुलेगौडा शाखाले क्यान्सर पिडीतलाइ दाबी रकम १० लाख भुक्तानी गरेको छ ।
पोखरा –२१, निर्मल पोखरी स्थाइ घर भइ हाल शुक्लागण्डकी नगरपालिका दुलेगौंडा स्थित बाल विधा मन्दिर माध्यमिक विद्यालयमा अध्यापन गराउदै आउनुभएकी श्री तिल कुमारी भण्डारी गौतमले यस रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि। दुलेगौडा शाखामा रिलायबल समुन्नती जीवन बीमा योजना खरिद गर्नुभएको थियो ।
गौतमको स्वास्थ्यमा समस्या आइ उपचार गर्नै क्रममा पाठेघरको क्यान्सर भएको प्रमाणीत भएपछी घातक रोग सुविधा वापत बीमाङ्क रकम दस लाख रुपैया दुलेगौडा शाखा प्रमुख शम्भु पौडेलले गौतमको निवासमै गइ भुक्तानी गरेका हुन ।
क्यान्सर रोगका कारण पिडामा रहेको आफ्नो परिवारलाई दावी रकम भुक्तानी गरि घाउमा मलम लाउने काम गरेकोमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लाई गौतमले धन्यवाद दिएकी छन ।
भविष्यमा केही अप्रत्यासित घटना घटेमा त्यस बाट हुने आर्थिक क्षतिबाट बच्ने एक मात्र माध्यम बीमा रहेको बताउदै उपस्थित सम्पुर्णलाइ जीवन बीमा गरि सुरक्षित रहनुहुन दुलेगौडा शाखा प्रमुख शम्भु पौडेलेले अनुरोध गरे । साथै उक्त कार्याक्रममा दुलेगौडा शाखाको प्रथम एम.डि.आर.टि तेज कुमारी अधिकारीको पनि उपस्थिती रहेको थियो।