• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home खेलकुद

भिमादमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुदै

हरि खरेल by हरि खरेल
November 19, 2023
in खेलकुद
A A
0
भिमादमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुदै
Share on FacebookShare on TwitterEmail this

भिमाद । तनहुँको भिमाद नगरपालिकामा मंसिर ७ गते अर्थात हरिबोधनी एकादसीको दिनदेखि १३ गतेसम्म भिमाद रंगशालामा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुदै छ । युवा क्लब भिमादले चौथो संस्करणको भिमाद अर्ना कप ‘११ ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

एउटै मैदानमा स्थानीय स्तरका खेलाडीले अन्तराष्ट्रिय स्तरका खेलाडीसंग प्रतिस्पर्धा गर्न पाउने क्लबका सचिव सुनिल श्रेष्ठले बताए । साथै फुटबल खेलको माध्यमबाट भिमाद बजारलाई देश तथा विदेशमा चिनाउने, आन्तरिक पर्यटक भित्र्याउने र युवापुस्तालाई खेलप्रति आकर्षित गर्ने मुख्य उद्धेश्य राखिएको श्रेष्ठको भनाई छ ।

प्रतियोगिताका संयोजक ज्ञानेन्द्र गुरुङका अनुसार प्रतियोगितामा नेपालका ए तथा बी डिभिजन क्लब पनि आउने छन् । साथै प्रत्येक टिमले ५ जनासम्म विदेशी खेलाडी समावेश गर्न गुरुङले बताए ।

क्लबका अध्यक्ष ज्ञानबहादुर थापाले वि.सं २०७१ सालदेखि सुरु गरिएको भिमाद कप तेस्रो संरकरणसम्म आयोजना गरेको भएपनि त्यसपछि विविध कारणले प्रतियोगिता हुन नसकेको अवस्थामा अब प्रतियोगिताले निरन्तरता पाउने बताए । उनले यति ब्रुअरी लिमिटेडसंग सम्झौता गरेर अहिले आर्थिक मन्दीमा पनि खेल खेलाउन लागिएको भन्दै स्थानीय पालिका, उद्योगी व्यवसायी र देशविदेशमा रहेका शुभचिन्तकहरुको सहयोग र हौसलाले प्रतियोगिता गर्न लागिएको उनको भनाई थियो ।

प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २२२ र उपविजेता टिमले १ लाख ११ हजार १११ साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । व्यक्तिगत विद्यातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार , ट्रफि र प्रमाण पत्र पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर र डिफेन्डरले जनही नगद ५ हजारसहित ट्रफि र प्रमाणपत्र हात पार्नेछ ।

खेल हेर्न दर्शकलाई निस्शुल्क व्यवस्था मिलाइएको छ भने टिम दर्ता शुल्क १० हजार तोकिएको छ । प्रतियोगिताको संरक्षकमा भिमाद नगरपालिका र प्रायोजकमा यति ब्रुअरी रहेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
दोस्रो गोरखा जेसीज फुटसलमा शुक्ला च्याम्पियन
खेलकुद

दोस्रो गोरखा जेसीज फुटसलमा शुक्ला च्याम्पियन

April 6, 2026
खेलकुद

जरेबर मेलामा दोस्रो दिन चार खेल सम्पन्न

April 2, 2026
खेलकुद

जरेबर मेलामा भलिबल प्रतियोगिता हुने

March 30, 2026
शिवरात्री कपको उपाधि नमुना क्लबलाई
खेलकुद

शिवरात्री कपको उपाधि नमुना क्लबलाई

February 15, 2026
मालेवगरमा साताैं शिवरात्री कप सुरू
खेलकुद

मालेवगरमा साताैं शिवरात्री कप सुरू

February 10, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.