एजेन्सी । शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले वायु प्रदूषण खराब बन्दै गएको हुदाँ विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुदाँ विद्यालय बन्द गर्न बताए । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, उनले भने ।
भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।