काठमाडौं । निर्वाचन आयोगले यही चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाएको छ ।
चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगले जनाएको हो ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ ।