दुलेगौंडा । राष्ट्रिय युवा संघ नेपाल तनहुँकाे अध्यक्षमा सुरेन्द्र तामाङ चयन भएका छन् । नेकपा एमाले शुक्लागण्डकीका उपसचिव समेत रहेका तामाङ युवा संघकाे दशाैं अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् । उनकाे अध्यक्षतामा अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।
समितिकाे उपाध्यक्षमा शिव आले, सचिवमा सन्ताेष राना मगर, उपसचिवमा मनिराज थापा, विकास ढकाल र काेषाध्यक्षमा साेम बहादुर तामाङ चयन भएका छन् ।
मदन तिमिल्सिनाकाे सभापतित्वमा सम्पन्न अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालकाे केन्द्रीय इन्चार्ज राजिव पाहारी, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् तनहुँ जिल्ला इन्चार्ज केराद सिग्देल, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष महाराजा गुरूङ, युवा संघका केन्द्रीय सचिव पर्वत भण्डारी, नेकपा एमालेका जिल्ला उपसचिव एवम् माेर्चा सङ्गठन विभाग प्रमुख खिम बहादुर कुमाल, युवा संघकाे स्थायी कमिटी सदस्य उज्ज्वल खनाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।