काठमाण्डौ । भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल ११० औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११० औँ स्थानमा परेको हो । सन् २०२१ मा नेपाल ३३ अङ्कका साथ ११७औँ स्थानमा थियो ।
अङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त हुने देशहरुको श्रेणीमै कायम छ । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अङ्क पाएर २५औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान परेको छ ।
यस्तै, विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ ।