• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ २३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राष्ट्रिय समाचार

बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने

एकीकृत विद्युतीय प्रणाली लागू पर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

सम्पादक सम्पादक
January 31, 2025
- राष्ट्रिय समाचार
A A
0
बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने
Share on FacebookShare on TwitterEmail this

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् ।
हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय मन्त्री पौडेलले गरेका हुन् ।
सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली २०८१ अन्र्तगत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ ।
त्यसो भएमा बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
‘रोगको निदान तथा उपचार पद्धतीमा बिरामीलाई कम भार परोस् भन्ने हाम्रो चाहना हो,’ मन्त्री पौडेलले भने, ‘बिरामीको खर्च र परीक्षणको दोहोरोपना रोक्न र प्रभावकारी सेवा दिन नयाँ व्यवस्थाले सघाउ पुर्याउने अपेक्षा गरेका छौं ।’
मन्त्री पौडेलले सदर गरेको विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ ले एकीकृत अभिलेखन गर्दा सेवाप्रदायक तथा सेवाग्राही दुवै कागजी झण्डझटबाट जोगिनुका साथै अर्को पटक पुनः सेवा लिन आउँदा पहिलेकै रेकर्डका आधारमा उपचार हुने भएकाले सेवाग्राही र प्रदायक दुवैलाई सहजता हुन गई सेवा प्रवाह चुस्त र शुलभ हुने मन्त्रमलयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।
हाल विद्युतीय प्रणाली अस्पतालहरुमा लागू भए पनि एक अर्काबीच तथ्यांक आदानप्रदान गर्नेखालका छैनन् । यसले गर्दा बिरामीले पटक पटक एकै खालका जानकारी हरेक ठाउँमा बुझाउनुपर्ने बाध्यता छ । नयाँ व्यवस्थापछि यो समस्या हट्ने अपेक्षा गरिएको प्रवक्ता बुढाथोकीले बताए ।
अब स्वास्थ्य संस्थाहरुले प्रणालीको स्थापना गरी एक अर्कालाई कार्यक्षेत्र र कार्य विवरणका आधारमा बिरामीका विवरणमा पहुँच दिनुपर्नेछ ।
प्रणालीमा बिरामीको पहिचान नम्बरका आधारमा स्वस्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य प्रविष्ट हुनुपर्ने निर्देशिकामा छ ।
बिरामीको चिकित्ससकीय सेवाबापतको भुक्तानी समेत अनलाइन हुने व्यवस्था गरिएको छ ।
प्रणालीमा नाम दर्तादेखि सेवाग्राही, आकस्मिक सेवा, फार्मेसी, प्रतिवेदन, ब्लक बैंक, बेड मोड्युल हुनुपर्ने निर्देशिकामा छ ।
मन्त्रालयले सेवाग्राही पोर्टल विकास गरेर उपचारमा संल्गन स्वस्थ्यकर्मीबाहेकलाई सूचनामा पहुँच नहुने तथा सरकारले कानून बमोजिम माग गरेमा सूचना उपलब्ध गराउन सक्ने गरी प्रणाली सञ्चालन गर्नेछ ।
नागरिकका स्वास्थ्य समस्याका जानकारीका आधारमा राज्यले लिने नीति र कार्यक्रममासमेत एकीकृत प्रणालीले मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
मन्त्रालयले यस प्रणाली तीनै तहमा र हरेक स्वास्थ्य संस्थामा विद्युतीय अभिलेखका लागि एउटा एकाई बेग्लै एकाइ परिकल्पना गरिएको छ ।
साथै संघीय तहमा मन्त्रालयले अतिरिक्त सचिवको नेतृत्वमा निर्देशक समिति गठन गरेर प्रणालीको अनुगमन तथा समस्या समाधानमा भूमिका खेल्ने निर्देशिकाले परिकल्पना गरेको छ ।

Tags: Pradip Poudelप्रदिप पौडेलस्वास्थ्य

👉 अन्य सम्बन्धित खबरहरु

ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा
राष्ट्रिय समाचार

ईमान्दार र कर्तव्यनिष्ठलाई मात्रै पार्टीमा स्थान दिनुहोस महामन्त्रि शर्मा

March 22, 2025
राष्ट्रिय समाचार

तनहुँका डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
राष्ट्रिय समाचार

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

March 10, 2025
राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो
राजनीति

राप्रपाले  महानगरपालिकालाई जरिवाना बुझायो

March 10, 2025
दमौली अस्पतालका लागि जग्गा प्राप्ति सहमति
राष्ट्रिय समाचार

दमौली अस्पतालका लागि जग्गा प्राप्ति सहमति

February 3, 2025
गुनासो सम्बोधनका लागि हेल्लो स्वास्थ्य सुरुवात
राष्ट्रिय समाचार

गुनासो सम्बोधनका लागि हेल्लो स्वास्थ्य सुरुवात

December 20, 2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तालवेसी माविमा विश्व वातावरण दिवस
  • जेठ २१ गते शुक्लागण्डकीमा सार्वजनिक विदा
  • डिजि लिंकले नि:शुल्क स्वास्थ्य शिविर गर्दै
  • भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
  • ३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.