• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

श्रमको मुल्य माग्दै, युवाहरु नगरपालिका धाउँदै (भिडियो सहित)

Staff Reporter by Staff Reporter
July 30, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/दुलेगौडा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ ले संञ्चालन गरेको रक गार्डेन पैदल मार्ग र खेल मैदान मर्मतको योजनामा संलग्न युवाहरुले श्रमको उचित पाउँ भन्दै नगरपालिका धाईरहेका छन् । युवाहरुको खातामा गत महिनाको ३० गते बेलुका ११ हजार ३ सय ३३.४३ रुपैंया आए पछि काम अनुसारको दाम भएन भन्दै ३१ गते युवाहरुले नगरमा विरोध गरेका थिए।

आफुहरुले वैशाख १६ देखी असार १४ गते काम गरेको रोजगार कार्यमा संलग्न मजदुर दुर्गा प्रसाद कोईरालाले बताए । यस बिचमा ईन्जिनियरलाई आफुहरुले पटक पटक बोलाएता पनि नआएको गुनासो गरे । काम गर्दै जादाँ जेठ २३ गते सब ईन्जिनियर मोनिक श्रेष्ठ आएर कामको मुल्याङ्कन गरेको र त्यस पछिको असार १५ गते सम्म गरेको कामको मुल्याङ्कन नभएको उनको भनाई छ । यसरी जेठ २३ गते पछि कति काम गरियो त्यसको लेखा जोखा गरि श्रमको मुल्य दिलाईदिन अनुरोध पनि गरेका छन् ।

रोजगार कार्यमा संलग्न चन्द्र सुवेदीले गरेको कामको पुरा मुल्याङ्कन नगरेको भन्दै आक्रोश व्यक्त गरिन । “सव ईन्जिनियर मोनिका श्रेष्ठले हामीहरुलाई डोर हाजिर गर्नु भनेर बारम्बार भन्ने, आखिर स्केलले नापेर हुदो रहेछ त किन डोर हाजिर गर्न लगाउँनुभयो उहाँले ।” भन्दै गुनासो गरिन । साथै आफुहरुको अहिलेको माग परिश्रम अनुसार पारिश्रमीक पाउनुपर्ने रहेको बताईन् । साथै स्थानिय किशोर कुमार वि.कका अनसुार ईन्जिनियरले यहाँ यहाँ काम गर्ने, यो यो काम गर्न पर्छ भनि उल्लेख नगरेकाले यस्तो समस्या आएको बताए ।

यता प्रधानमन्त्री रोजगार कार्यक्रमकी सव ईन्जिनियर मोनिका श्रेष्ठले गरेको काम अनुसार नै मुल्याङ्कन गरेको बताईन । आफुले गरेको कामको नपजाँचमा कुनै गल्ती नगरेको हुनाले आफु ढुक्क रहेको बताईन् । उनका अनुसार २१ सय मिटर बाटो खान्नुपर्नेमा ३ सय ६२ मिटर मात्र खनेको र ढुङ्गा प्याकिङ्ग गर्ने कार्यमा स्टमिट अनुसार ६२ घनमिटर गुर्नपर्नेमा २१ घनमिटर मात्र भरेको छ । यति आफुले कामको समयमा गल्ती भएको प्रमाणित भएमा ऐन कानुन अनुसार सजाय भोग्न तयार रहेको बताईन् ।

कामको सम्झैता गत बर्षको चैत्र १८ गते र सम्पन्न असार १५ गते रहेको नगरका सिभिल ईन्जिनियर तारापति भट्टराईले जानकारी दिए । मजदुरहरुले पछि गरेको कार्यको मुलयाङ्कन भएन भनेर आरोप लगाए पनि कामको लेखाजोखा असार १५ गते सम्मकै गरेको बताए । “पहिला नापेको भन्दा पछि गएर नाप्दा ३४ मिटर बढी काम गरेको पनि नापिएको छ” उनले भने,“उपमेयरले मैखिक रुपमा फेरी गएर नाप्नु भन्नु भएको छ, तर जुन काम म स्वयम संलग्न भएर गरेको छु, नापिमा मेरो हस्ताक्षर पनि छ, मैले गरेको काममा कसैले गलत छ भने आरोप लाग्छ भने त्यही गलत कामको मैले गएर मुल्याङ्कन गर्दा खेरी सार्नभिक हुदैन की, त्यसैले जुन कार्यमा हामीहरुको निगरानि भएको थियो त्यो बाहेकका अन्य व्यक्तिलाई लगेर मुल्याङ्कन गराउदाँ खेरी सही हुन्छ कि ”उनले भने ।

यता वडा नं. ७ का वडाध्यक्ष राम बहादुर थापा क्षेत्रिले ईन्जिनियरले निकालेको स्टिमेट अनुसार पारिश्रमीक निर्धारण गरेको बताए । “यदि ईन्जिनियरले नापजाँचमा गलत नै गरेको हो भन्ने लागेमा अरु प्रविधिक ल्याएर नापजाँच गर्न सक्छन्, ठाँउ त्यही नै हो ।” उनले भने,“ एउटा कुरा के स्पष्ट पार्न चाहान्छु भने, कोही करायो भन्दैमा वडाध्यक्षले आफ्नो खुसीले न सरकारी पैसा चलाउन पाउँछ, न खल्तिबाट दिन सक्छ ।” स्टिमेट बिना नै वडाध्यक्षले काम गर्न लगायो भन्ने कुरा सरासर गलत भएको दाबि गरेका छन् । साथै पहिला सम्झैता गर्दा नै उल्लेख गरिएको हुदाँ यो सबै गलत रहेको वडाध्यक्ष थापा क्षेत्रीको भनाई रहेको छ ।

साथै वडाध्यक्ष श्रेष्ठले काम सुरु गर्नु अघि नै कामबारे स्पष्ट पारेको बताए । जनताले श्रम गरे अनुसार पारिश्रमीक नपाउदा दुख लागे पनि प्राविधिक मुल्याङ्कन अनुसार काम नभएपछि कठ्ठै भनेर आफ्नो खल्तिबाट दिन नसक्ने तर्क गरे । साथै आफुले कसैलाई पनि पैसा घटा भनेर विभेद नगेको उल्लेख गरे ।

मजदुरहरुलाई नापजाँचमा नै कमि भएको हो की भन्ने गुनासो गरेको हुदाँ सोही अनुसार नगरले पहिलाको टिम बाहेकका अर्काे टिमले नापजाँच गर्न लागउँने प्रमुख प्रशाशकिय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । साथै अबको केही समय भित्र नै यस समस्याको समाधान गर्ने सुवेदीले बताए । प्रमुख प्रशाशकिय अधिकृत सुवेदीका अनुसार प्रविधिकले गलत नै गरेको ठहर भएमा ऐन कानुनमा व्यवस्था भए अनुसार कारबाही हुने छ ।

यता नगरकी उप–मेयर सविता रसाईलिले स्टमेट अनुसार काम गर्दा उनिहरुले नबुझेको हुदाँ यो समस्या सिर्जना भएको बताईन । “व्यक्तिले कति दिन काम ग¥र्याे भन्दा पनि, त्यो व्यक्तिले त्यति दिनमा गर्ने काम ग¥र्याे की गरेन भन्ने काम गराईमा भर पर्छ ।”उनले भनिन् “हाम्रो प्रविधिक गएर त्यो काम हेर्नु भएको छ । उहाँहरुले जति दिन काम गर्नु भएको छ त्यो काम त्यति दिन बराबरको देखिएको छैन् । कामको परिमाणका.े आधारमा मुल्याङ्कन भएको छ ।” मजदुरहरुको गुनासो सुन्दाँ आफुहरुले ६०÷६२ दिन काम गरेको र सोही अनुसार पैसा पाउनुपर्छ भन्ने बुझाईको कमि भएको हो की भन्ने कारणले यस्तो भएको उनको भनाई रहेको छ । आफु अनुगमन समितिको संयोजक भएको नाताले प्राविधिकलाई गएर भत्काएको बाटोको पनि मुल्याङ्कन गर्न र समग्र कार्यको पूर्नः मुल्याङ्कन गरि मजदुरहरुलाई यर्थाथ कुरा बुझाईदिन भनि निर्देशन दिएको बताई ।

यो भिडियो पनि हेर्नुहोस ।

👉 अन्य सम्बन्धित खबरहरु

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.