• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

शुक्लागण्डकीमा फोहोरको उचित व्यवस्थापन कहिले ?

हरि खरेल by हरि खरेल
February 15, 2022
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा लामो समयदेखि फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन् । विगत ४ बर्ष अगाडी शुक्लागण्डकी–५ कसेरीडाँडामा नगरले फोहोर संकलन केन्द्र स्थापना गरेको थियो । तर स्थापना भएको लामो समय बित्दा पनि संकलन केन्द्रमा फोहोरको व्यवस्थापन हुन सकेको छैन् । एकातिर संकलन केन्द्र प्रयोगविहीन बनेको छ भने अर्कोतिर खुल्ला ठाउँ, खोल्सा तथा नदिका किनारमा फालिएको फोहोर समृद्ध शुकलागण्डकी नगरपालिकालाई गिज्जयाई रहेको छ ।

साधन र स्रोतले सम्पन्न भएर पनि फोहोर जस्तो जटिल विषयमा नगरको ध्यान नजानु अत्यन्दै दुखको कुरा रहेको हरि वाग्लेले बताए । फोहरले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने हुदाँ यसलाई तत्काल समाधान गर्नुपर्ने उनको भनाई छ । ‘हामीले देखिरहेकै छौ दिनदिनै नदि किनार, जहाँ स्नान गर्ने घाटहरु छन् । त्यहाँ पनि फोहोर थुपारि रहेको छ । दिनदिनै प्लाष्टिक पोलेर वातापरण नै प्रदुषित बनाउने काम भईरहेको छ । यसले मानव स्वास्थ्यमा कति असर गरिहेको होला भनेर हामीले आकलन मात्र गर्न सक्छौ । सञ्चार माध्यमहरुले पनि यसलाई प्रशारण गरिरहेका छन् तर पनि जनप्रतिनिधिको ध्यान किन गईरहेको छैन । हामी भन्दा भन्दै पनि वाक्क परि सकियो’,उनले भने ।

नगरले फोहोर व्यवस्थापन गर्नुपर्छ भनेर राम्रोसंग मनन नगरेको शुक्लागण्डकी ५ का स्थानीय हरि भण्डारीले बताए । ‘अन्य क्षत्रमा कनिका छरे झै बजेट छर्नु भन्दा फोहोर व्यवस्थापन गर्ने ठाउँहरुमा अलिकति बढी लगानि गरिदिएको भए यहाँका जनताहरु सुखी र स्वस्थ पनि बन्थे’,उनले भने । भण्डारीका अनुसार अन्य पालिकाले फोहोरलाई मोहोरमा बदलेको देखे पनि आफ्नो नगरपालिकाले कसेरी डाडामा ट्रस्ट बनाएर केबल एउटा नटकीय ढंग गरेको मात्र महशुस गरेका छन् ।

शुक्लागण्डकी–४ दुलेगौंडाका स्थानीय हरि खड्काले समृद्ध शुक्लाण्डकीको नार सफल बनाउने हो भने नगरले सर्वप्रथमा फोहोरलाई व्यवस्थित रुपबाट व्यवस्थापन गर्नुपर्नमा जोड दिए । ‘नगरपालिकाले सबैभन्दा ठुलो कुरा फोहोर मैलालाई व्यवस्थिता गर्न ध्यान नदिएको देखिन्छ’, उनले भने, ‘फोहोर व्यवस्थापनको लागि छुट्टयाईएको ठाउँमा नगरपालिका उदासिन रहेको छ ।’ व्यवस्थित तवरले फोहोर व्यवस्थापन नहुदाँ सम्पूर्ण शुकलागण्डकी नगरपालिका अव्यवस्थित र दुर्गन्धित बन्द पुगेको उनको भनाई छ ।

नगरले फोहोर व्यवस्थापन गर्ने कार्यमा ढिलासुस्ति गरेको दुलेगौडाका स्थानीय हरि रिमालले बताए । उनका अनुसार नगरले गरेको यस कार्य प्रति समग्र शुक्लागण्डकीका बासिन्दाहरु दुखी रहेका छन् । ‘यत्रतत्र छरिएर रहेको फोहोरलाई अब व्यवस्थित ठाउँमा थुप्राउन पाउने भईयो । फोहोरलाई मोहोरमा परिणत गर्न पाईने भईयो भनेर जुन अपेक्षा गरेका थियौं । त्यो अपेक्षाप्रति नगरपालिकाले कुठाराघात गरेको छ ’, उनले भने । सम्बन्धीत ठाउँमा व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गराउनका लागि स्थानीय जनताहरुले पनि नगरपालिकाप्रति चासो देखाउनुपर्ने बताए ।

यता शुक्लागण्डकी नगरपालिकाका वातावरण शाखा प्रमुख राजेन्द्र सोतिको कुरा सुन्दा फोहोर व्यवस्थानग गर्न सक्ने अवस्था रहे पनि खास्सै चासो नदिएको देखिन्छ । ‘अब हामीले तुरुन्तै यो संस्थालाई स्टप गरेर अन्य कुनैसंस्थालाई नगरपालिकाले निर्णय गरेर उहाँहरुलाई अगाडी बढाउन सकिन्छ । तर हामीले अलि वृहत हिसाबले भौतिक पूर्वाधार पनि तयार गरी काम गर्न वृहत खालको संस्था खोज्दा यो अवस्था रहेको हो । हैन फोहोरलाई मात्रै वर्गिकरण गरि काम गर्ने हो भने टेन्टर नगरि कुनै एउटा निजि संस्थालाई साझेदारीमा राखेर काम गर्न सक्छौं’, उनले भने । शुक्ला न्यूजले लामो समयसम्म नगरले फोहोर व्यवस्थापन गर्नु नसक्न लाजको विषय होईन भनेर प्रश्न गर्दा शाखा प्रमुख सोतिले उक्त भनाईलाई सहर्स स्विकार गरेका छन् ।

शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङले आफ्नो कार्यकाल सक्किनुभन्दा पहिले नै नगरपालिकाको फोहोर मैला व्यवस्थापन गर्ने बताए । ‘जे जति फोहोर मैला व्यवस्थापनको लागि हिजोका दिनमा कार्यक्रम भए ति सबैलाई रोकेर नयाँ सुरुवात गरेर नियम, कानुन र प्रक्रिया अनुसार तुरुन्तै फोहोर मैला व्यवस्थापन गर्नेछौं । यो काम हामी जानुभन्दा अगाडी नै सम्पन्न गर्नेछौ’ मेयर गुरुङले भने । नगरले लगानिको आधारमा नाफा घाटा बेहोर्ने गरेर फोहोर मैला व्यवस्थापनको जिम्मा लगाउने भताए । साथै उनले ‘सर्वप्रथम म जनताप्रति एकदमै सर्मिन्दा छु’ भन्दै तत्काल फोहोर मैला व्यवस्थापन गर्ने बताए ।

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङसंग गत बर्ष पुस २५ गतेको अन्र्तवातामा ‘अब हाम्रो बोर्डले चाही निर्णय गछौं र नगर सभाबाट अनुमोदन गछौं । अब यो मागको ५ गते हामीले अनुमोदन गरेर फोहोर मैला व्यस्थापनको समस्या तत्काल समाधान गछौं’’ भनेर अभिव्यक्ति दिएका थिए । तर एक बर्ष बित्दा समेत फोहोर व्यवस्थापनमा नगरपालिकाले कुनै नया कार्य गरेको देखिदैन ।

Tags: Featured

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.