काठमाण्डौ। जिम्मल ग्रुप रियल स्टेट प्राली काठमाण्डौले वार्षिक मुनाफाको १० प्रतिशत रकम सामाजिक कार्यमा खर्चिने भएको छ । शुक्रवार आयोजित एक कार्यक्रमका बीच जिम्मल ग्रुपले सामाजिक उत्तदायित्व वहन गर्दै वार्षिक मुनाफाको रकम गरिव , दिन दुःखी , पीडित र विभिन्न नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्नको लागि सहयोग गर्ने निर्णय गरेको जिम्मल ग्रुपका फाउण्डर उज्जल सुवेदीले बताएका छन् ।
शुल्क वा सम्झौताको आधारमा गरिने घरजग्गा कारोबारका क्रियाकलाप , वित्तीय सेवासँग सम्बन्धित क्रियाकलाप , बिमा अभिकर्ता तथा विभिन्न प्रकारका ठेक्कापट्टा र भवनको निर्माण सम्पन्न तथा साजसज्जा सम्बन्धी कार्यमा सक्रिय जिम्मल ग्रुपले अब देखि प्रत्येक वर्ष वार्षिक आम्दानीको १० प्रतिशत मुनाफा सामाजिक कार्यमा खर्चिने सुवेदीले बताएका हुन् ।’ विज्ञापन नेपाल ‘ नामक डिजिटल मार्केटिङ्ग, आईटी कम्पनी हुँदै अहिले रियल स्टेटमा ‘जिम्मल ग्रुप ‘कम्पनी दर्ता गरी हाल १० जनालाई रोजगारी दिई रहेको उनले बताएका छन् ।
कम्पनीबाट मनग्य आम्दानी हुन नसके पनि स्वदेशमै अडिन सक्दा आफूलाई सन्तुष्टि प्राप्त भएको उनले बताए ।
देशमा पछिल्लो समय केही हुँदैन भन्ने भाष्य सिर्जना भएकाले युवाहरु पलायन हुँदै गइरहेको उनको भनाई छ । उनले देशमा प्रशस्त सम्भावना भएकाले प्राविधिक ज्ञान , शिप सिकी स्वरोजगार बन्न सक्ने बताएका छन् । नेपालको परनिर्भरता घटाउन पनि राज्यले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्नुपर्ने उनको सुझाव छ ।