• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार ३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

तीजलाई यसरि मनाउदा कसो होला?

सम्पादक by सम्पादक
August 25, 2022
in विचार
A A
0
तीजलाई यसरि मनाउदा कसो होला?
Share on FacebookShare on TwitterEmail this

सर्बप्रथम त नेपाली नारीहरुको महान चाड हरितालिका  तीजको अवसरमा स्वदेश  तथा बिदेशका विभिन्न स्थानमा छरिएर रहनुभएका समस्त नारी दिदीबहिनीहरुको सु-स्वास्थ्य दिर्घायु, सफलता र एकताको शुभकामना व्यक्त गर्दछु ।  यो बर्षको तीजले समस्त नारी दिदीबहिनीहरु बिचको एकता सहकार्य र सदभावलाई अझै बढाउदै लैजान सकोस; दिदीबहिनीहरु बिचको एकता दुबो जस्तै मौलाउदै जान सकोस भन्ने सुभेक्षा व्यक्त गर्दछु । स्वदेशी तथा बिदेशी भूमिमा आफुले खाइ नखाई सकी नसकी परिवारको खुसीको लागि पसिना बगाउने दाजुभाइहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु ।

नेपाल प्राकृतिक सम्पदाको मात्र नभई कला र संस्कृतिमा  पनि उत्तिकै धनि छ ।  हाम्रो धर्म, सस्कृति बिश्वमा नै सर्वश्रेष्ठ र बिशेष छ । नेपालमा मनाईने बिबिध चाडपर्व मध्ये हरितालिका तिजको पनि आफ्नै धार्मिक महत्त्व छ ।  सत्ययुगमा माता पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउ भनि निरहार ब्रत बसेको र सो व्रतको फलस्वरूप भगवान शिवलाई पति परमेश्वरको रुपमा पाएको धार्मिक मान्यता रही आएको छ  । भगवान शिवलाई सम्झेर पूर्ण निष्ठा एवं भक्ति भावका साथपुजा गर्दा व्रत निष्फल नहुने र यसरि निराहार व्रत बसेको खण्डमा मनले चिताएको कुनै पनि कार्य सिद्ध हुने धार्मिक विश्वास छ ।

सम्पूर्ण दिदीबहिनीहरुमा यो व्रतलाई त्याग, तपस्या र निष्ठाको उच्चतम उदाहरणको रुपमा लिन्छु । व्रत समर्पण र भक्तिको प्रतिक पनि हो ।  कतिपय मानिसको बुझाई यो पनि छ कि श्रीमानको आयु बढाउन किन व्रत बस्ने? यसलाई त्यो कोणबाट नबुझी आफ्नो श्रीमानको लागि महिला कति त्याग, तपस्या र बलिदान गर्न सक्छन त भन्ने कुराको दृष्टान्त हो  भनि बुझ्न जुरुरी छ ।  ब्रत बस्नु  पुरुषको लागि मात्र नभई आफ्नै स्वास्थ्यको लागि पनि राम्रो  मानिन्छ । त्यसकारण आफ्नो स्वास्थ्य र  शारीरिक अवस्था हेरेर व्रत बस्दा यसले सकारात्मक संदेश दिन्छ ।

महिला दिदीबहिनीहरुलाई भेटघाटको बातावरण बनाउनुको साथै संगै खाने, नाच्ने र भलाकुसारी गर्ने एक प्रकारको वातावरणको सिर्जना गरिने पर्व हो तिज तर दर खाने नाममा बिभिन्न महंगा गरगहना, थरिथरिका पोशाक, पार्टी भोजको तामझामले गर्दा हाम्रो धार्मिक तथा ऐतिहासिक महत्वको तिजको गरिमालाई घटाउने काम गरेको आवास मिलेको छ ।  यस्ता कार्यले  गर्दा हाम्रो समाजमा संगै रहनुहुने हुदाँ खाने तथा आर्थिक रुपमा बिपन्न  बर्गलाई असर पर्न सक्छ । सबैको अवस्था एकै नहोला,यस्ता अनावश्यक कार्यक्रमले समाजमा बिकृति फैलाउने, बिभिन्न आलोचनाहरु  आउन सक्छ ।  यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्यमान्यतालाई घटाउँदै गएको र समाजलाई दूषित बनाउँदै गएको हुनाले यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिलाई स्वच्छ तुल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो ।  त्यसैले  यो बिशेष पर्वलाई आफ्नो क्षमता अनुसार जे छ त्यसैमा वा  जस्तो छ त्यसैमा रमाउन सक्नु र सिक्नु पर्छ ।

सामान्य दर खाने कार्यक्रमको आयोजना गर्नु भेटघाट गर्नु सुख दुख साटासाट गर्नु राम्रो कुरा हो । तर अचेल उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङ्गप्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको हामीले महसूस गर्न सक्छौं ।

अझै यसको महत्वलाई बढाउन विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका,महिला हक हितको लागि योगदान गरेका बिभिन्न तवरले महिलाहरुको लागि प्रेरणाको काम गर्न सफल दिदिबहिहरुलाई सम्मान कार्यक्रम जोड्न सके अझै राम्रो हुन्छ ।  तपाइँ हाम्रै वरपर विभिन्न क्षेत्रमा काम गर्ने, संघ सस्थामा असल काम गर्ने महिला, असल आमा, असल छोरी, असल गृहणी, विभिन्न क्षेत्रमा पृथक पहिचान दिन सफल महिलाहरुलाई प्रोत्सहान गर्न सकेमा अझै उनीहरुमा हौशला बढ्ने र अरुलाई पनि प्रेरणा हुन्थ्यो । त्यसले सबैको जिबनमा सकारात्मक भूमिका निर्वाह गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

अन्तमा हरितालिका  तीज २०७९ ले नेपाली समाजमा महिला दिदीबहिनीहरुले झेल्दै आएका समस्याहरुको उचित समाधान पहिल्याई नारी सशक्तिकरण र सबलीकरणको अभियानलाई एउटा बिशाल अभियानका साथ अगाडी बढाउन सकोस भन्ने कामना गर्दछु । तीजको मूल मर्मलाई बुझेर यसलाई सभ्य र शालिनतापुर्वक श्रद्धा भक्तिका साथ मनाउने हो भने यसले अवश्य पनि समाजलाई सही बाटोमा डोर्‍याउने छ । हामि नजिकै आएको यस बर्षको हरितालिका तीजमा एक आपसमा प्रेम बाँडेर तीज मनाऔं । हाम्रो धार्मिक ग्रन्थमा उल्लेख भएजस्तै पार्वतीको दृढता, स्वाभिमान, प्रेम, करुणा, विद्रोह, क्रोध र कुशल व्यवस्थापन सम्पूर्ण नेपाली महिलाका लागि महिला सशक्तीकरणको मूल मन्त्र बनोस् । यहाँहरुले कामना गरेर ब्रत बस्नुहुने सबैको कल्याण होस्, हरितालिका तीज २०७९ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना…..

(सिता कुमारी गिरी, प्रधानाध्यापक, श्री कुश्मावती आधारभूत बिद्यालय तनहुँ)

Tags: तीजनेपालसिता गिरीहरितालिका तीज

👉 अन्य सम्बन्धित खबरहरु

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
विचार

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो

July 4, 2025
रक्तश्रावका अश्रुजल पीडाहरू
विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

February 8, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

November 20, 2023
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

September 28, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.