दुलेगौंडा । मोबाईल र ईलेक्ट्रोनिक व्यवसायीको हक हितको लागि स्थापना गरिएको शुक्लागन्डकी मोबाईल एण्ड ईलेक्ट्रोनिक संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । साेमबार ढाेरबारााही मन्दिरको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको थियाे ।
कार्यक्रममा बाेल्दै नगरपालिकाका मेयर कृष्णराज पण्डितले माेबाइल र इलेक्ट्रोनिक सम्बन्धि आवश्यक सीप विकास तालिमका चाहिएको खण्डमा नगरले व्यवस्था गरिदिने बताए ।
संघका अध्यक्ष हरिबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर पण्डित, उपमेयर खुमबहादुर विक (राजु), वडा नम्बर ९ का वडाध्यक्ष बाबुराम पुलामी, वडा नम्बर ६ का वडाध्यक्ष बुद्धिबहादुु थापा, वडा नम्बर ७ का वडाध्यक्ष खड्क सिं थापा, वडा नम्बर १० का वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्र, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमलप्रसाद रिमाल, कार्यपालिका सदस्य सन्तोष विक, पूर्व कार्यपालिका सदस्य भरत लाम्गादे बाेलेका थिए । संघका उपाध्यक्ष सुरेन्द्र पाैडेलले स्वागत मन्तव्य राखेका थिए भने संघका सचिव ताेयनाथ पाैडेलले संस्थाकाे प्रगति विवरण सार्वजनिक गरेका थिए भने