दुलेगौँडा । शुक्लागण्डकी नगरपालि–५ ले वडा भित्रका दलित समुदायका महिलाहरुलाई चप्पल बनाउने तालिम दिएको छ ।
दलित महिलाहरुको आर्थिकस्तर सुधारका लागि १५ दिने चप्पल बनाउने तालिम सुरु गरिएको वडाध्यक्ष दीर्घबहादुर थापाले बताए । वडाले पुसलाई सिकाई महिना मान्नेर मादल बजाउने तालिम, कृषि तालिम पनि दिईसकेको बताए ।
कार्यक्रममा बोल्दै नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रलले तालिमबाट सिकेका सिपलाई व्यवहारमा लागु गर्न आग्रह गरिन । आत्मनिर्भर हुन सके कतैपनि अपमान महससु गर्न नपर्ने र आत्मसम्मान मिल्ने उनको भनाई छ ।
तालिममा २० जना दलित महिलालाई सहभागि रहेका छन् ।