दुलेगौंडा । नेपाली लोक बाजा मध्यको एक बाजा हो मादल । तर, आजभोलि विद्युतीय बाजाको ्अधिकतम प्रयोगले लोकबाजा मादललाई विस्तापित गर्दै छ । यता तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का महिलाहरु भने लोकबाजा मादलको प्रयोग र संरक्षण गर्न तालिम लिएका छन ।
टोलमा हुने संस्कृतिक कार्यक्रममा मादल बजाउने मान्छे खोज्दै हिड्नुपर्ने समस्या सिर्जना भएपछि आफुहरुले मादल बजाउने तालिम लिएको शुक्ला टोलकी हुमकुमारी श्रेष्ठले बताईन ।
आफुले जानेको सिप अरुलाई सिकाउन नजानेता पनि आफै अगाडी बढेर देखाउने आँट बढेर आएको सिलाङ्घारी टोलकी सिता रिजालले बताईन ।
वडाले दिएको तालिमले आफुहरुमा मादल बजाउने सिपको विकास भएको भगवति लामिछाने बताईन । वडाले ३÷४ चरण गरेर आफुहरुलाई थप तालिम दिए आफुहरुमध्यबाटै मादल बजाउन सक्ने दक्ष जनशक्ति उत्पादन हुने लामिछानेको भनाई छ ।
समाजमा हुने विवाह, ब्रतबन्ध, रत्यौली जस्ता कार्यक्रममा स्पिकटर प्रयोगलाई जोड दिदा लोक बाजहरु हराउछ । त्यसैले लोक बाजाको प्रबद्धन गर्दै यसको संरक्षणमा आम नागरिक जुट्न आवश्यक छ ।