दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ग्रामीण क्षेत्रमा रहेका गर्भवती आमा र बच्चाको स्वास्थ्यलाइ ध्यानमा राखी भिडियो एक्स रे सेवा सुरू गरेको छ ।
ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले नियमित स्वास्थ्य परिक्षण नगर्ने र बच्चाको अवस्था के छ भनेर जचाँउन लाज मान्ने हुदाँ नगरले नै गाउँ गाउँमा पुगेर भिडियो एक्स-रे सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख डिवि थापाले बताए ।
उनका अनुसार नगर भित्रका १२ वटै वडामा याे सेवा तालिका बनाएर एक्स रे सेवा अगाडि बढाइने छ । बिहीबार नगरले सन्चालन गरेको सेवाबाट नगरपालिकाको वडा नं ८ डहरेमा रहेको शहरी स्वास्थ्य केन्द्रबाट १३ जना गर्भवती महिलाले उक्त सेवा लिएकाे मगरले बताए । नगरले गर्भवती महिलालाई निशुल्क भिडियो एक्स रे र गर्भ जाच सेवा प्रदान गरेपछि उनीहरु आफ्नो स्वास्थ प्रति सचेत समेत भएको महिला स्वास्थ स्वयं सेविका मंजु श्रेष्ठले बताईन ।