दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-५ ले महिलाहरूका लागि मादल बजाउने सिप सिकाएको छ ।
वडा कार्यालयकाे आर्थिक सहयाेगमा वडा भित्रका ३५ जना महिलाहरूलाई मादल बजाउने सिप सिकाएको हाे । टाेलमा हुने विवाह, व्रतवन्धमा लगायतका कार्यमा मादल बजाउने प्रचलन कम हुँदै गएको हुदाँ संस्कृतिको संरक्षण गर्न मादल बजाउने सिप सिकाएको वडाध्यक्ष दीर्घबहादुर थापाले बताए ।
तालिमको समापन कार्यक्रममा बाेल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे मादल बजाएर आत्म निभर बन्न तर्क प्रस्तुत गरे ।
वडाध्यक्ष थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-६ का वडाध्यक्ष बुदि बहादुर थापा , कृषि शाखा प्रमुख नबराज पण्डित , सामाजिक बिकास शाखा प्रमुख हेमा पाेख्रले, वडा सदस्य ज्याेति बि.क लगायतकाे उपस्थिति रहेको थियाे ।