दुलेगौंडा । संसारको दशौँ अग्लो (८०९१ मिटरको) अन्नपूर्ण हिमालमा आरोहण गर्ने संसारकै पहिलो महिला अमेरीकाकी अर्लाेन ब्लम लगायतको टोली यतिबेला मिलेनियम पथयात्रामा रहेको छ ।
आर्नाेल ब्लम लगायतको ८ जनाको टोली हिमालयन आईसफल ट्रेकिङ्ग काठमाण्डौंको सहायतामा मिलिनियम पथयात्रामा रहेका छन् । स्थानीय क्षेत्रको प्रबद्धन गर्दै विदेशी पर्यटकको गन्तव्य स्थानको रुपमा विकास गर्न मिलिनियम ट्रेकमा पथयात्रा गराएको हिमालयन आईसफलका संञ्चालक चन्द्र सुब्बा लिम्बुले बताए ।
अर्लाेन ब्लमको टोली सात दिनसम्म मिलिनियम पथयात्रामा रहने पथयात्राका सहजकर्ता राजकुमार श्रेष्ठले बताए । दगामबाट सुरु भएको यात्रा बन्केवा, बाजस्थला, घडेरी, कोल्माकोट, प्यासीङ्ग, रंगरुङ हुदै सातौ दिन पोखरा पुग्ने सहजकर्ता श्रेष्ठको भनाई छ ।
संसारको दशौँ अग्लो अन्नपूर्ण हिमालमा संयुक्त राज्य अमेरिकाकी अर्लोन ब्लम नेतृत्वको महिला टोलीले सन् १९७८ मा आरोहण गरेका थिए ।