हरि खरेल/दुलेगौडा ।
तनहुँमा जारी निषेधाज्ञा थप गरि भदौको ७ गते सम्म पुर्याईएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणदर बढेको भन्दै थप कडाईका साथ निषेधाज्ञा लम्बाईएको हो । जसमा तरकारी, फलफूल खाद्यान्न पसल बिहान ५ देखि १० बजेसम्म खोल्न दिने र अन्य व्यवसायको हकमा भने विहान विहान ११ बजे देखी साझको ६ बजे सम्म संञ्चालन गर्न सिफारिस गरेको छ । तर यो निर्णय पत्रमा मात्र सिमित देखिन्छ । यसको बिषयमा के भन्छ्न त नागरिक तथा सरोकारवाला निकायहरु ?
यो नाम मात्रैको निषेधाज्ञाको केही अर्थ नै छैन् – शुक्लागण्डकी उद्योग बाणिज्य संघ अध्यक्ष हरिकुमार श्रेष्ठ
पछिल्लो समय संञ्चालन भईरहेको निषेधाज्ञा नाम मात्रैको निषेधाज्ञा रहेको शुक्लागण्डकी उद्योग बाणिज्य संघ अध्यक्ष हरिकुमार श्रेष्ठ बताए । साथै प्रशासनले व्यापार व्यवसायमा गरेको निर्णय अझ अन्योलको बिषय बनेको उनको भनाई रहेका छ । प्रशासनले निषेधाज्ञा गर्दा उद्योगि व्यवसायिहरुसंग सल्लाह नै नगरी निर्णय गरेको हुदाँ आफुहरु निषेधाज्ञन नमान्ने स्थितीमा पुगिसकेको बताए । “हामी अहिलेको अवस्थामा भन्ने हो भने निषेधाज्ञन नमान्ने स्थितीमा पुगि सक्यौ ।” अध्यक्ष श्रेष्ठले भने, “जसले गाडी चलाएको छैन् त्यस गाडीको डाईभर र खलासीलाई सुई (खोप) दिने, जो शिक्षक छ एउटा विद्यालय खुलेको छैन्, घरमा बसेर अनलाईन कक्षा लिनु भएको छ उहाँहरुलाई पनि सुई (खोप) दिने, तर हामी चाही प्रत्यक दिन पसल खोलेर जनताहरुको सेवा गर्ने मान्छेलाई हामीलाई सुई (खोप) छैन् ।”
अहिले भईरहेको निषेधाज्ञा नागरिकले बुझ्न सकेका छैन्न– शुक्लागण्डकी नगरीक समाज अध्यक्ष खेमराज खनाल
हाल संञ्चालन भईरहेको निषेधाज्ञा नागरिकले बुझ्न नसकेको शुक्लागण्डकी नगरीक समाज अध्यक्ष खेमराज खनालले बताए । “दिनभरी कोरोना आउने र साँझ परे पछि कोरोना नआउने, के गरेको हो भनेर भन्ने आम नागरिक गुनासो गरिरहेको अवस्था छ ।” उनले भने “दिनभरी व्यापक भिडभाड छ र बेलुका बन्द गर्दा खेरी यो अलिकति तरिका नमिलेको हो की, साथै सरकारले भनेको स्वास्थ्यको मापदण्ड पालना गर्नु भनेता पनि व्यवहारी रुपमा देखीएको छैन् अहिले ?”
नगरमा कोरोनाको स्थिती नियन्त्रणभन्दा बाहीर गईसक्यो–स्वास्थ्य शाखा प्रमुख अजयकुमार श्रीबास्तब
पछिल्लो समय शुक्लागण्डकी नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहीर गएको शुक्लागण्डकीका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । नगरमा कोरोना परिक्षण गर्दा ६० प्रतिशत भन्दा माथि पोजेटिभ आईरहेको बताए । “अहिले त लापारवाही भईरहेको छ नि, मानिसहरुको व्यापार व्यवसाय तिर मात्रै ध्यान गयो” उनले भने, “मेरो व्यापार चल्दिए हुन्थ्यो, यहाँ मान्छे आईदिए हुन्थ्यो, भिडभाड भईदिए हुन्थ्यो जस्तो स्थिती देखियो ।” अब कोरोना संक्रमणदरलाई नियन्त्रण गर्नका लागि सरकारले, प्रशासनले जारी गरेको निषेधज्ञा ईमानदारीपूर्वक पालना गरेर एउटा सचेत नागरीकको भुमिका निर्वाह गर्नुपर्ने बताए । “पुलिस आयो भने बन्द गरिदिने, पुलिस गयो भने खोलिदिने, यो एउटा सचेत नागरिकको कर्तव्यता होईन नि, त्यो लापारवाही र अरु लापारवाही पनि भईरहेको हुदाँ संक्रमण चाही सोचेको भन्दा तिब्र रुपमा बढीरहेको छ ।”
निषेधाज्ञा उलङ्घन गर्नेलाई काडा भन्दा कडा कारबाही गर्छाै–सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल
प्रसाशनले जारी गरिको निषेधज्ञा उलङ्घन गर्नेलाई कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । उनका अनुसार तरकारी, फलफूल खाद्यान्न पसल बिहान ५ देखि १० बजेसम्म खोल्न दिने र अन्य व्यवसायको हकमा भने विहान विहान ११ बजे देखी साझको ६ बजे सम्म संञ्चालन गर्न दिईने छ । “निर्णयभन्दा भन्दा बाहीर गएर नियमाको उलङ्घन गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी बनेको अध्यादेश अनुसार हामी कडा भन्दा कडा किसिमको कारबाही गछौ ।