दुलेगौंडा । तनहुँको व्यास नगरपालिका–१२ कमलबारी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बस दुर्घटना हुदाँ १८ जना घाईते भएका छन् ।
मुग्लिङबाट पोखरातर्फ आउदै गरेको ग २ ख १४५९ नं. को बसले टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसको दाहिने टायर सडकबाट तल खस्न गई बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परि घाईत हुनेहरु मध्य ४ जना दमौली अस्पतालमा, ६ जना रत्नहरी मेमोरियल अस्पतालमा र ८ जना मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी मोहन बहादुर खाँणले बताए ।